साली कसको ? ‘भेनाको’


३ माघ २०७४, बुधबार
wilson and susma

काठमाण्डौं : चलचित्र ‘साली कसको भेनाको’ निर्माण हुने भएको छ । भद्र भुजेलको निर्देशनमा प्रसाद श्रेष्ठले चलचित्र निर्माण गर्ने भएका हुन् । माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायाङ्कन शुरु गरिने चलचित्रमा विल्सन विक्रम राई, सुषमा कार्की, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङलगायतका कलाकारहरूको अभिनय गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।wilson and susma

मानवीय समबेदनामाथि निर्माण गरिने ‘साली कसको भेनाको’ कमेडी तथा पारिवारिक चलचित्र रहेको जनाइएको छ । चलचित्रमा मगर जातिको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई देखाइने बताइएको छ । चलचित्रको छायाङ्कन चितवन र धम्पुसमा हुने छ । दीर्घ गुरुङको छायाङ्कन रहने यस चलचित्रमा वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको नूत्य निर्देशन रहने छ । चलचित्र ‘साली कसको भेनाको’ लाई सुनिलकुमार न्यात्स्यो ,विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७