कलाकार संघद्धारा नृत्यकारलाई राहत


१२ बैशाख २०७७, शुक्रबार
kalakar sangh 1

काठमाडौं, १२ बैशाख । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र अस्तब्यस्त बनेको छ । यस्तो अवस्थामा दैनिक गुजारा गर्न समस्यामा परेका ब्यक्तिहरुलाई बिभिन्न संघसंस्थाको पहलमा राहात वितरण भइरहेको छ ।


यस्तैमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना व्यक्तिलाई राहत वितरण गरिएको छ । संघले ७० जना नृत्यकारलाई नेपाल नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा राहात वितरण गरेको अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।


नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसी (राजु)को सहयोगमा तथा विद्या बज्राचार्य र महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरु जुटाइएको थियो ।


राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी लगायतको सहभागिता समेत रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७