बलिउड अभिनेता इरफान खानकाे निधन
काठमाडौं, १७ बैसाख । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयुमा उपचारका क्रममा ५४ वर्षीय खानको मृत्यु भएको हो ।
पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएको खबर भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो । उनकी आमा ९५ वर्षकी थिइन् ।
सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन् । उक्त फिल्म सुटिङ्गका क्रममा पनि खान धेरै पटक विरामी परेको जनाइएको छ । उक्त फिल्म खान केहि सञ्चो भएका बेला सुटिङ्ग गर्दै पूरा गरिएको जनाइएको छ ।
इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डे जस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन् । एजेन्सी