धितोपत्र र राफसाफको काम २० जेठसम्म स्थगित
काठमाडौं, १० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रको कारोबार २० जेठसम्म स्थगित हुने बताएको छ ।
सोमबार नेप्सेले सूचना जारी गर्दै सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अवधि थप्ने निर्णय गरेपछि सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबार पनि बन्द गर्ने निर्णय भएको बताएको छ ।
यसअघि नेप्सेले ५ जेठसम्म बजार बन्द गर्ने भनेको थियो । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले वैशाखमा दुई दिन भएको सेयर कारोबारको राफसाफ तथा फस्र्यौट कार्यसमेत २० जेठसम्म स्थगित भएको जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट