प्रदेश-२ मा आज १२० जना थपिएर कोरोना संक्रमितको संख्या ८१५ पुग्यो
काठमाडौं, २० जेठ । प्रदेश–२ मा आज (मंगलबार) मात्रै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश–२ मा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १२० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रदेश–२ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिएका छन् ।
संक्रमित हुनेमध्ये रौतहटका मात्रै ७४ जना छन् । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८१५ पुगेको छ ।