प्रदेश-२ मा तीन वर्षका बालकसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि


२६ जेष्ठ २०७७, सोमबार
korona 1

जनकपुरधाम, २६ जेठ । प्रदेश–२ को तीन जिल्लामा आज (सोमबार) विहानै थप १९ जना कोरोना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।

पर्साका एक महिला र सा पुरूष गरी आठ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै बाराका दुई महिला र पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटका चार जना परूषमा पनि संक्रमण पुष्टि भएको छ ।

पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका–६ का २० देखि ५५ वर्ष उमेरसम्मका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिकामा ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका सात जना संक्रमित रहेको उपाध्यायले बताए ।

यस्तै रौतहटको गढीमाई नगरपालिका–३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका– ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७