गण्डकीमा विहानै थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३८ पुग्यो


६ असार २०७७, शनिबार
korona 1

पोखरा, ६ असार । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (शनिबार) विहानै थप ५८ जना नयाँ संक्रमित थपिएका छन् ।

तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा एक र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएको उनले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका रहेको शर्माले बताए ।
हेर्नुहोस् विज्ञप्ति

g 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७