तनहुँको पुल्चोक बजारमा सेती नदी र सुरौली खोला पस्यो, ४२ घर डुबे


२६ असार २०७७, शुक्रबार
seti river

तनहुँ, २६ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित पुल्चोक बजारमा सेती नदी र सुरौली खोला एकैपल्ट पसेको छ ।

एकैपल्ट गड्गडाएर उर्लिएको सेती र सुरौली खोला बजार क्षेत्रमा पसेपछि अहिले ४२ घर डुबेको स्थानीयले जानकारी दिएका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १५० जनाभन्दा बढी सर्वसाधरणलाई सुरक्षित स्थानमा सारिएको छ ।

सेती नदी र सुरौली खोला बस्तीभित्रै पसेपछि केहि चौपाया बगाएको र स्थानीय त्रसित रहेको जानकारी दिंदै वडा नम्बर–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, ‘स्थानीयलाई सामुदायिक भवनमा खाने, बस्ने प्रबन्ध मिलाएका छौं, क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको छ ।’

सेती र सुरौंदी खोलाले थप क्षति पुर्‍याउन सक्ने क्षेत्रका वासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिएका छन् । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७