गृहमन्त्री थापाले भने, ‘भारतीय हस्तक्षेपका कारण तराई डुबिरहेको छ’


२९ असार २०७७, सोमबार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं, २९ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले छिमेकी देश भारतले आफ्ना मात्र हित हेर्दा नेपालको तराई क्षेत्र बर्षेनी डुबानमा पर्ने गरेको बताएका छन् ।

भारतको यस्तो हस्तक्षेपका कारण नेपालको तराई क्षेत्रका बासिन्दा डुबानको समस्यामा परिरहेको बताए । प्रतिनिधिसभाको आज (सोमबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको बताए ।

‘झट हेर्दा यो भारतले आफ्नो संरचना बनाएको जस्तो देखिए पनि राजनीतिक रुपमा यो नेपालमाथिको हस्तक्षेप नै हो ।’ उनले थपे, ‘भारतले आफ्नो हित हेर्दा, छिमेकी देशको समस्यालाई वेवास्ता गर्‍यो ।’

भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन सरकारका तर्फबाट पहलहरु भए पनि सार्थक बन्न नसकेको गृहमन्त्री थापाले बताएका छन् । उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए । सम्झौता त भए तर, कार्यान्वयन भएन, यसैले नेपालको तराई डुबिरहनु परेको छ ।’

मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । केहि दिनदेखि जारी बर्षाका कारण अहिले नेपालको तराईमा पर्ने धेरै जिल्लामा डुबानको समस्या छ । अहिले सर्वसाधरणको घरभित्रसम्म बाढी र भल पसेपछि जनजीवन सकसपूर्ण बनिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७