केकी र पुष्पको मायाको घर बसाउने कुरो (भिडियोसहित)


१४ श्रावण २०७७, बुधबार
keki

काठमाडौं, १४ साउन । गीतकार डीपी दाहाल ‘परिश्रमी’ को रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ ।

डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मिता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ ।

keki 1

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्कालगायतको अभिनय गरेका छन् । उनीहरुको अभिनयमा मायाको घर बसाउने कुरा गरेको बुझिन्छ ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरियोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७