एउटै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण, रङ्गेली नगरपालिका ‘शिल’
मोरङ, २० साउन । एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मोरङको रङ्गेली नगरपालिका सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि शिल गरिएको छ ।
एकै परिवारका १४ जनासहित २२ जनामा कोरोना देखिएको सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्र शिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।
१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला (छोरी) भारतबाट आएको र उनकै कारण संक्रमण फैलिएको् हुनसक्ने उनले अनुमान गरे ।
ब
ुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन् । पछि ती बृद्धको मृत्यु भएको र उनको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।
‘संक्रमितहरु धेरै जनाको सम्पर्कमा आएका कारण उहाँहरुको सम्पर्कमा आएकाहरुको पनि स्वाब संकलन गरी परीक्षण भइरहेको छ’, सुवेदीले भने, ‘उहाँहरुको रिपोर्ट आएपछि कति समय शिल गर्ने भन्नेबारेमा फेरि छलफल गर्नेछौं ।’