काठमाडौं उपत्यकामा २४ घण्टामै थपिए २०५ कोरोना संक्रमित
काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा २०५ जना संक्रमित थपिएको जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १३८, भक्तपुरमा ५० र ललितपुरमा १७ संक्रमित थपिएका हुन् ।
नेपालमा आज (मंगलबार) थपिएका एक हजार १६ जनामा संक्रमितमध्ये २०५ जना काठमाडौं उपत्यकाका हुन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।