बैंक अफ काठमाण्डूका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने


२८ भाद्र २०७७, आईतवार
1599991656BOk CG EMI

काठमाडौं, २८ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई इलेक्ट्रोनिक सामान किन्दा ब्याज नलाग्ने भएको छ।

बैंक अफ काठमाण्डू र सिजी डिजिटल प्रालीबीच भएको ब्यापारीक सम्झौताअन्र्तगत सो बैंकको ग्राहकले घरायसी विद्युतिय उपकरण सरल किस्ताबन्दीमा किन्नसक्ने भएका हुन्।

यो योजनामा बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले सिजी, एलजी, गोद्रेज, टिसिएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एन्ड डेकर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा किन्न सक्छन्।

जसअन्तर्गत टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसिन, लुगा धुने मेसीन, एसि, माइक्रोवोभ, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरिफियर सिस्टम, चिम्नी र किचेन लगायत सामाग्री पर्छन्।

बैंकको ग्राहकलाई सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट पाइने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७