थप १५ सय ५९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७७,८१७ पुग्यो
पछिल्लो २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज, सक्रिय संक्रमित २०,८९१ जना
काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
आज (बुधबार) देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् ।
सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो । मंगलबार देशभरबाट एक हजार ५१३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७३१ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।