नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त
काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा डिमप्रकाश (प्रकाश) पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए ।