६७ वर्षमा पहिलोपल्ट अमेरिकामा महिलालाई मृत्युदण्ड दिइँदै


२ कार्तिक २०७७, आईतवार
20e7333f2d4d4fa5b2d74774b5f11a01 w1000 h500 cp

काठमाडौं २ कार्तिक । अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपल्ट एक महिलालाई मृत्युदण्ड दिने भएको छ ।

सन् २००४ मा गरेको अपराधमा दोषी पाएकी लिजा मोन्टगोमेरीलाई आगामी डिसेम्बर ८ मा घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सीएनएनले जनाएको छ । लिजाले मिजोरीकी ८ महिनाकी गर्भवती महिलालाई हत्या गर्दै उनको बच्चालाई अपहरण गरेकी थिइन् ।

यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो । लिजा ६७ वर्षमा अमेरिकामा मृत्युदण्ड पाउने पहिलो महिला हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७