राजेश पायल राई र अमृता थुलुङको स्वरमा मिना राईको नयाँ गीत सार्वजनिक
काठमाडौं, ६ कार्तिक । चर्चित गायक राजेश पायल राई र अमृता थुलुङ राईको स्वरमा मिना राईकाे नयाँ गीत सार्वजनिक भएको छ । मिना राईको शब्द तथा संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो ।
एरेन्ज कृष्ण भक्त राईले गरेका छन । गीतको मिक्सिङ मीन विष्ट र रोबर्ड लिम्बूले रेकर्ड गरेका छन । भने भर्जिन भ्वाईस रेकर्डिङ स्टडियोमा रेर्केड गरिएको हो । भिडियोसहित सार्वजनिक गरिएको भिडियोको छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।
गीतका रचनाकार मिना राई आफै गायिका हुन । उनको एक हप्ता अघि मात्रै आफनै संगितमा ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक भएको थियो । उनकाे थुप्रै गीतहरू चर्चित समेत छ ।