होम आइसोलेसनमै संक्रमितको स्वास्थ्यवस्था जटिल, अस्पताल भर्ना हुनासाथ मृत्यु
चितवन, ७ कार्तिक । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको अस्पताल भर्ना हुना साथ ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।
होम आइसोलेसनमै स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई हिजो राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । तर, भर्ना गरिएको १५ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।