टोखाको शिव मन्दिर छेउमै कारको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु
काठमाडौं, १० कार्तिक । काठमाडौंको टोखास्थित शिव मन्दिर छेउमा कारको ठक्करबाट १८ महिनाकी बालिकाको ज्यान गएको छ ।
हिजो दिउँसो टोखा नगरपालिका–७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
कारले ठक्कर दिएपछि घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा ज्यान गएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।