ससुराली घरमै गएर श्रीमतीमाथि एसिड प्रहार, सञ्जीव साह पक्राउ


२९ कार्तिक २०७७, शनिबार
asid

जनकपुरधाम, २९ कार्तिक । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव  साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगरमा माईती घरमा बसिरहेका बेला शनिबार विहान आरतीमाथि एसिडले प्रहार भएको स्थानीयवासीको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एसिड हान्ने युवक उनकै श्रीमान भएको स्थानीयले पनि बताएका छन् ।

आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् । एसिड आक्रमणबाट आरतीको अनुहार र छाती डढेको छ ।

एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरी एक घण्टाभित्रै सञ्जीवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिए । आरतीको बिहे ३ वर्षअघि सञ्जीव भएको थियो ।

श्रीमानसँगको सम्बन्ध राम्रो नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन् । श्रीमान–श्रीमतीबीच खराब सम्बन्धकै कारण एसिड प्रहार भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७