संसद विघटनको विरोधमा नेविसंघको प्रदर्शन
काठमाडौं, १ माघ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघका कार्यकर्ताले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले खोक्रो ’राष्ट्रवाद बन्द गर’, ’केपी ओली मुर्दावाद’, ’विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर’ जस्ता चर्का नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।