प्रतिनिधिसभा विघटनविरुद्ध भद्रकालीमा पेशाकर्मी र श्रमिकको विरोध प्रदर्शन


२४ माघ २०७७, शनिबार
147428006 10159223729622329 2802926098067385667 n

काठमाडौं, २४ माघ । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।

भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा विरोधस्वरुप प्लेकार्ड, कालोपट्टी र कालो मास्क लगाएका समूूहद्वारा काठमाडौँको टुँडिखेललाई केही समय मानव साङ्लो बनाई घेराउ गरिएको थियो ।

146640629 10159223729397329 5559242491571006401 n

प्लेकार्डमा ‘प्रतिनिधिसभाको पुुनर्बहाली गर, संवैधानिक सर्वोच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएको थियो ।

उक्त विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनलगायतका संघसंस्थाको अगुवाइमा भएको हो ।
विरोध प्रदर्शन गर्नुअघि ती संगठनले कार्यक्रमलाई सहयोग, समर्थन र ऐक्यबद्धताका लागि सबै तह र तप्कासँग अपिल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७