एमाले प्रवेश गरेका चार माओवादी नेताको सांसद र मन्त्री पद नै गुम्यो


२६ चैत्र २०७७, बिहीबार
mantri

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको सांसद र मन्त्री पद दुबै गुमेको छ ।
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी केन्द्र) का चार सांसदको पद खोसिएको जानकारी दिँएसँगै उनीहरुको मन्त्री पद पनि गुमेको हो ।

माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पदसँगै मन्त्री पद समेत गुमेको हो ।
माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको थियो । मन्त्री रायमाझी, भट्ट र र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिइको स्पष्टीकरण चित्तबुझ्दो नभएको माओवादी केन्द्रले संसद् सचिवालयमा पठाएको पत्रमा उल्लेख छ ।

‘पार्टीले कारवाही ग¥यो । त्यो जानकारी सभामुखलाई पत्रमार्फत गरायो भने त्यो सांसद पद जान्छ’, संविधानविद् डा. भीमार्जुन आचार्यले भने, ‘सांसद् पद गएपछि मन्त्री पद रहँदैन । मन्त्री पद पनि जान्छ ।’

sambidhan 77 78 20210408121102

माओवादी केन्द्रले दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग्दै मन्त्रिपरिषद्बाट फिर्ता हुन दिएको निर्देशन अस्वीकार गरेको भन्दै कारवाही गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो । बिना सांसद ६ महिनासम्म मन्त्री नियुक्त गर्न मिल्ने प्रावधान संविधानमा उल्लेख छ । संविधानको धारा ७८ अनुसार अब प्रधानमन्त्रीले फेरि उनीहरुलाई नियुक्त गर्न सक्ने संविधानविद आचार्य बताउँछन् ।

‘६ महिनाका लागि बिना सांसद मन्त्री नियुक्त गर्ने हो भने फेरि प्रधानमन्त्रीले नयाँ नियुक्ति गर्नुपर्छ’, आचार्य भन्छन्, ‘संविधानको धारा ७८ ले यो व्यवस्था गरेको छ ।’ संसद र मन्त्री पद खोसिए पनि केपी ओलीलाई छोड्न नचाहने नेतालाई पार्टीले मन्त्रीमा निरन्तरता दिने एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् ।

‘प्रतिनिधिसभा सदस्य भएको नाताले उहाँहरु मन्त्री हुनु भएको हो । सदस्य नभएको स्थितिमा उहाँहरुलाई ६ महिनासम्म मन्त्री बनाउन मिल्छ । ६ महिनासम्म सांसद नभए पनि मन्त्री बन्न पाउने व्यवस्था छ उहाँहरुले निरन्तरता पाउनु हुन्छ’, भट्टराईले भने, ‘चारै जना नेता सांसद नहुँदा र मन्त्री पद खुस्किए पनि एमाले र केपी ओलीसँग बस्न तयार हुनुहुन्छ । हाम्रा लागि यो सुखद हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७