ओली सरकारले लोकतन्त्र र संविधान दुबैलाई धरापमा पार्‍यो : कांग्रेस नेता सिंह


१ बैशाख २०७८, बुधबार
prakashman2021 04 14 01 09 36

चितवन, १ बैसाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान दुबैलाई धरापमा पारेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले आज (बुधबार) चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै उनले संविधान, लोकतन्त्र र संघीयता जोगाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् ।

‘देशमा सरकार छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनीतिक तरवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके । त्यसैले तत्काल राजीनामा दिनुपर्छ ।’ सिंहले नेपालमा लोकतन्त्र जोगाउन कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए ।

‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैं महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो,’ उनले भने, ‘राणाशासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।’

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सीमित गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको आरोप थियो । लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्नुपर्नेमा अहिले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनले बताए । पार्टीको १४ औं महाधिवेशशन निर्धारित समयमा गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७