एमाले बैठक १० गतेसम्मलाई स्थगित


६ बैशाख २०७८, सोमबार
oli vela

काठमाडौं, ६ बैसाख । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्ने गरी स्थगित भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७