मेलम्चीको पानी ३२० स्थानबाट चुहावट
काठमाडौं, ७ बैसाख । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।
उनले भने, ‘पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौं । सडक विभागसँग स्वीकृति लिएका छौं । अब थप स्थानमा मर्मत गर्नेछौं ।’ मेलम्चीको पानी उपत्यकामा सात वटा पोखरीबाट वितरण गरिएको छ । गोरखापत्र दैनिकबाट