लुम्बिनीका एक एमाले सांसदले दिए राजीनामा, दुई जनाले पनि गठबन्धनलाई सघाउने


१९ बैशाख २०७८, आईतवार
Birga narayan

बुटवल, १९ बैसाख । नेकपा एमाले लुम्बिनी प्रदेशका एक जना सांसदले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गरेसँगै एमाले सांसद दुगनारायण पाण्डेले राजीनामा दिएका छन् । उनले आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको बताएका छन् ।

यस्तै अर्का दुई सांसद धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले गठबनधनलाई सहयोग गर्ने निष्कर्ष निकालेका छन् । सांसद शाहीले अहिले आफूहरुले राजीनामा नदिने तर गठबन्धनलाई नै सघाउने निर्णय गरेको बताएका छन् । शाही र श्रीवास्तव स्वतन्त्र उमेदवारका रुपमा सूर्य चिह्नबाट चुनाव लडेका थिए ।

आजै नेकपा एमालेकी सांसद नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । यस्तै आज नै मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७