पाँच जिल्लामा एनटिसीको सेवा अवरुद्ध
काठमाण्डौं, १३ फागुन : काभ्रेलगायत पूर्वका पाँच जिल्लाको नेपाल टेलिकमको सबै टेलिफोन सेवा आज विहान १० बजेपछि सम्पर्क विच्छेद भएको भएको छ । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अपटिकल फाइवर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो ।
विहान सवा दश बजेबाट टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । लोकल , एसटिडि ,आइएसटिडि र नेट लगायतका सेवाहरु पुर्ण रुपमा अवरुद्ध छ ।
नेपाल टेलिकमको अपटिकल तार भक्तपुरको राधेराधेमा बाटो बनाउँने क्रममा चुडिएकाले भक्तपुर सहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा बनेपाका प्रमुख सुरेन्द्रप्रसाद शाहले बताए । शाहले साँझसम्म सबै नेटर्वकको समस्या हल भइसक्ने जानकारी दिएका छन् ।