सरकार घरमा आगो लगाएर खरानी बेच्ने कुकर्ममा : विपक्षी गठबन्धन


२२ जेष्ठ २०७८, शनिबार
sherbahadur deuwa prachand Madhav nepaland upendra yadhav 768x438 1

काठमाडौँ, २२ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार घरमा आगो लगाएर खरानी बेच्ने कुकर्ममा लागेको पाँच दलीय विपक्षी गठबन्धनले आरोप लगाएको छ । ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने सरकारको घोषणा सरकार घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म भएको उनीहरुको आरोप छ ।

विपक्षी गठबन्धनका तर्फबाट पाँच दलका नेताले शनिबार साँझ संयुक्त विज्ञप्ति निकाल्दै ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोणणा राष्ट्रघाती र जनघाती भएको उनीहरुको भनाई छ ।

‘‘नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका बासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’, विपक्षी गठबन्धनको विज्ञप्तिमा छ, ‘वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहीत स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो । यस्तो निर्णयको भर्त्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलेले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका विभिन्न कदमको विरोध गरेका हुन्।

यसैगरी ओलीले मन्त्रिपरिषद् पुनगर्ठन गर्नु संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको नेताहरुले बताएका छन् । ‘वस्तुत कामचलाउ बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यताको उपहास गर्नुभएको छ यस्तो कार्य निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ ।

Join statment

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७