पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि दिल्ली लगिंदै
काठमाडौं, २ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिंदै छ ।
उनलाई बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने जनाइएको छ । वरिष्ठ नेता नेपाल विरामी भएपछि केहि दिनयता काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनमा ज्वरो र खोकीको समस्यासँगै हेमोग्लोविनको कमी देखिएको डाक्टरहरुले बताएका छन् । यस भन्दाअघि उनले कोरोना संक्रमणलाई जितेर अस्पतालबाट फर्किएका थिए ।