खातामा रकम नभएको चेक दिएर १५ लाख रुपैयाँ ठगी गर्ने लामा पक्राउ


२२ असार २०७८, मंगलवार
lakpa lama BQ1fyQNnlp

काठमाडौं, २२ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं जिल्ला साविक चपली भद्रकाली गाविस–३ हाल बूढानीलकण्ठ नगरपालिका–७ बस्ने वर्ष ५९ को लाक्पा लामा रहेका छन् ।

लामालाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई ब्यूरोबाट खटिएको टोलीले मंगलबार चक्रपथबाट पक्राउ गरेको हो ।

२०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नको लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी १५ लाख रुपैयाँ बराबरको चेक काटी दिएको प्रहरीले जनाएको छ । लामालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७