बंगलादेशमा ६ तले भवनमा भीषण आगलागी : ५२ जनाको ज्यान गयो, धेरै बेपत्ता


२५ असार २०७८, शुक्रबार
bulding

काठमाडौं, २५ असार । बंगलादेशको राजधानी ढाकामा ६ तले कारखाना भवनमा भीषण आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् भने अन्य धेरै व्यक्ति बेपत्ता छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना बिहीबार साँझको हो । आगो कारखानाको माथिल्लो तलमा लागेको थियो । भवनभित्र कति जना फसेका छन् भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन ।

तर बाहिर निस्कन सफल व्यक्तिहरूले भने भित्र रहेका मानिस बाँच्ने सम्भावना निकै कम रहेको बताएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेतिर रूपगन्ज इलाकास्थित फुड एण्ड बेभरेज कारखानामा आगलागी भएको हो । आगो शुक्रबार अपरान्ह्सम्म नियन्त्रण हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७