सांसदबाट बर्खास्त सरिता गिरीको मेयरमा चुनाव लड्ने घोषणा


६ श्रावण २०७८, बुधबार
sarita giri final

सिरहा, ६ साउन । नेपालको नयाँ नक्साबारे अवाञ्छित प्रतिक्रिया दिएपछि प्रतिनिधि सभा सदस्यबाट बर्खास्त सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

गिरीले सिरहाको लहान नगरपालिकाको प्रमुख पदमा चुनाव लड्ने उद्घोष गरेकी हुन् । ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु,’ सामाजिक सञ्जालमार्फत गिरीले भनेकी छन्, ‘लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन् । उनको अधिनायकवादलाई जनताले परास्त गर्नेछ । अब ५ वर्ष स्थानीयस्तरमा रही जनताको सेवा गर्नेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७