१८ वर्षमाथिका नागरिकलाई जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै


६ श्रावण २०७८, बुधबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, ६ साउन । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालेको छ ।
५० वर्षदेखि ५४ वर्ष उमेर समूह, छुटेका स्वास्थ्यकर्मी, अपांगता भएका नागरिकलाई लगाएर बचेको खोप लगाइने भएको हो । उक्त खोप यही साउन ४ गतेदेखि लगाउन शुरु गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उक्त उमेर समूहलाई आजदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘बाँकी रहेको खोप लगाउन लागिएको छ । जोन्सन एन्ड जोन्सनको करिब एक लाख खोप बचेको छ । कति जनालाई पुग्छ, त्यति लगाएर अरु खोपको व्यवस्था गरिने छ ।’ स्वास्थ्य सेवा विभागले काठमाडौं जिल्लालाई एक लाख ४० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७