एउटै औषधिको मूल्य २५ करोड


१० श्रावण २०७८, आईतवार
jpg

काठमाडौं, १० साउन । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ ।

स्पाइनल मस्कुलर एट्रोफि (एसएमए) रोगका लागि यो दिइन्छ । भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन् । यी सानी नानीको महँगो उपचार यति बेला सामाजिक सञ्जालमा चर्चामा छ । एलिना गुरुङ श्रेष्ठ र डा. सन्दिप श्रेष्ठकी छोरी एलिनाको दुबईमा उपचार भइरहेको छ ।

सियोनालाई ५ महिना हुँदादेखि नै एसएमए रोगको लक्षण देखिएको थियो । यो रोग विश्वको दुर्लभ एंव महँगो मेरुदण्डसम्बन्धी रोग हो ।
सियोनाका अभिभावकले करिब २० महिनादेखि उनको विभिन्न देशमा उपचार गराइरहेका छन् । गत असार ३१ गते उनलाई दुबईको एक अस्पतालमा जोल्जेन्स्म नामक महँगो औषधि दिइएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७