नयाँ उचाइमा नेप्से, साढे १५ अर्ब रुपैयाँको कारोबार

कुलमानलाई प्राधिकरणमा ल्याउने तयारीपछि हाइड्रोपावरमा सेयर लगानीकर्ताको आकर्षण


२० श्रावण २०७८, बुधबार
Share Bull and Bear1613396466

काठमाडौं, २० साउन । साताको चौथो दिन आज (बुधबार) पनि शेयर बजार बढेको छ । आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार १२३ दशमलव १५ विन्दुमा पुगेको छ ।

जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको समाचारपछि आज जलविद्युत कम्पनीको सेयर मूल्य चम्किएको छ । जसले गर्दा नेप्सेले नयाँ रेकर्ड बनाएको हो ।

आज माइक्रो फाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच अंकले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७