सानिमा लाइफको आईपीओ बाँडफाँड, झण्डै १८ लाख जनाको हात खाली


३० श्रावण २०७८, शनिबार
IPO

काठमाडौं, ३० साउन । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ५ लाख ४० हजार जनाले हात पारेका छन् ।

कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए । १७ लाख ६८ हजार १२२ जनाको हात खाली भयो ।

कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये एक लाख ११ हजार ७२६ रद्द भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७