नेकपा (एस) र जीवन राईको नेकपा (एकीकृत) वीच एकीकरणको तयारी


७ आश्विन २०७८, बिहीबार
Jivan Rai

काठमाडौं, ७ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र युवा नेता जीवन राईको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) वीच एकीकरण हुने भएको छ । नेकपा (एमाले)मा अन्तरसंघर्ष चर्किरहेको बेला गत ९ असार २०७८ मा युवा नेता राईको पार्टी दर्ता भएको थियो ।अध्यक्ष राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल निकट मानिएका राईको नेकपा (एकीकृत) को चुनाव कलम छ । नेकपा (एस)को चुनाव चिन्ह कलम राख्ने गरी एकीकरणको तयारी गरिएको हो । नेकपा (एस)को पहिलो केन्द्रीय कमिटी बैठक चलिरहेकै बेला बुधबार नेकपा (एस)का नेता राजेन्द्र पाण्डे सहितका नेताले अध्यक्ष राईसँग एकीकरणको बिषयमा कुराकानी गरेका छन् ।

यद्यपी अध्यक्ष राईले भने एकीकरणको लागि औपचारिक कुराकानी नभएको दाबी गरे । उनले भने, ‘माधव कमरेडसँग कुराकानी भएको छैन । विभिन्न नेताहरुसँग अनौपचारिक कुराकानी र छलफल स्वभाविक हो ।’

तर अध्यक्ष राईले नेकपा (एस)सँगको एकीकरण सम्भावना नकारेनन् । उनले भने, ‘मैले एमाले परित्याग गरेर पहिल्यै नेकपा एकीकृत दर्ता गरेको हुँ । मेरो उद्देश्य क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुसँग मिलेर कम्युनिष्ट आन्दोलन अघि बढाउने नै हो । तुलनात्मक रुपमा अहिलेको सबैभन्दा क्रान्तिकारी र भरपर्दो कम्युनिष्ट शक्ति नेकपा (एस) नै हो । त्यस कारण एकताको सम्भावना छ ।’

संखुवासभा घर भएका अध्यक्ष राई अनेरास्ववियूका पूर्व नेता हुन् । उनी इमानदार र जुझारु नेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७