भोट माग्न कसरी जाने भन्ने स्थिति छैन : ओली
काठमाडौं, १० असोज । नेकपा एमाले अध्यक्ष केपी ओली शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको बताए ।
उनले भने, ‘हामी प्रतिपक्षमा पुग्यौं भन्दैमा आत्तिनु पर्ने अवस्था छैन । कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । म सरकारमा रहँदा धेरै काम गरेको छुँ ।’ ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्न जरुरी रहेको बताए । उनले भने, ‘दलाल पुँजीले उत्पादन वृद्धि गर्दैन र राष्ट्रिय पुँजीलाई पनि सहयोग गर्दैन ।
नेकपा एमाले अध्यक्ष केपी ओली शर्माओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताएका छन् । विभिन्न दस्तावेजमाथिको छलफलपछि आइतबार केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई जवाफ दिने क्रममा ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको बताएका हुन् ।