आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची, अब कति पर्छ ?


१७ आश्विन २०७८, आईतवार
oil nigam

काठमाडौं, १७ असोज । नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।

आइओसीले हरेक १५ / १५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल /मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।
हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल /पेट्रोलको मूल्य ११३ रुपैयाँ छ ।

आइओसीबाट नयाँ मूल्यसूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन । नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ । पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनित उपाध्यायले जानकारी दिए । यसअघि, सेप्टेम्बर १६ मा आइओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७