पूर्व प्रधानमन्त्री नेपालसँग फ्रान्सेली राजदूतद्वारा शिष्टाचार भेट
काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त भेटमा दशैंको शुभकामना आदानप्रदान गरिएको थियो । रासस