चलचित्र ‘उचाइ’ छायाँङ्कनका लागि अमिताभ बच्चन नेपाल आउँदै
काठमाडौं, २९ असोज । हिन्दी चलचित्र छायाङ्कनका लागि अमिताभ बच्चन नेपाल आउने भएका छन् । बलिउड फिल्म ‘उचाइ’ को सुटिङका लागि अमिताभ नेपाल आउन लागेका हुन् ।
उक्त फिल्म सुटिङका लागि अनुपम खेर, बोमन इरानी र परिणीति चोपडा अघिल्लै हप्ता नेपाल आएका छन् । नेपाल आएर उनीहरु हेलिकप्टरमा नाम्चे पुगेका छन् । अनुपम खेरले नेपाल आएको भोलिपल्टै काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । अहिले नाम्चे पुगेर उनले नेपाल अति नै सुन्दर रहेको बताएका छन् । उनले आफूले अहिले देखिरहेको नेपाली भूभाग अभूतपूर्व रहेको समेत उल्लेख गरेका छन् ।
उचाइको सुटिङ लुक्ला,लाङटाङ, मनाङ,मुस्ताङलगायत अधिकांश उच्च हिमाली भूभागमा हुने बताइएको छ । फिल्मका निर्देशक सुरज बडजात्या हुन् भने फिल्म सुटिङका लागि अमिताभ बच्चन र डेनी डेनजोङ्पा समेत नेपाल आउने जनाइएको छ । उनीहरू झण्डै डेढ महिना नेपालमा बस्ने छन् ।