डा. बाबुराम भट्टराईले आफ्ना ९२ वर्षीय बुबाबाट लगाए टीका
काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन् ।
उनले आफ्नो ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन् । उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो । आज टीकाको उत्तम साइत बिहान १०ः०२ बजे रहेको थियो ।