आज बजारमा कति छ सुन–चाँदीको भाउ
काठमाडौं, ५ कातिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।
छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँमा स्थिर छ भने चाँदीको भाउ तोलाको १२ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदीको भाउ तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।