मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली निःशुल्क
काठमाडौं, ९ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्मको बिजुली निःशुल्क दिने बताएकी छन् ।
मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताएकी हुन् । उनसे डोमेस्टिक कन्जम घटेको महसुल र सिँचाईमा घटेको महसुल समेत लागू हुने बताइन् ।
महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने पनि बताइन् । उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन् ।
विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताए ।