चीनबाट आइपुग्यो थप १० लाख २० हजार डोज भेरोसेल खोप


१० कार्तिक २०७८, बुधबार
Vero Cell Vaccine Makalu Khabar

काठमाडौं, १० कात्तिक । आज (बुधबार) चीनबाट थप १० लाख २० हजार डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बिहान नेपाल आइपुगेको हो ।

प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ । यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

अहिलेसम्म नेपालले कुल एक करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल एक करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७