प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म २,३२० पदमा भर्ना खुल्यो (सूचनासहित)
काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले विभिन्न पदमा २,३२० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले आज (शुक्रबार) सूचना प्रकाशित गरी खुला र समावेशी समूहमा गरेर २,३२० पदमा नयाँ भर्ना आह्वान गरेको हो ।
प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको लागि दरखास्त आह्वान गरिएको छ । जनपथतर्फ प्रहरी निरीक्षकमा १४६ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानमा १,९७१ जना माग गरिएको सूचनामा उल्लेख छ । जसमा खुला तर्फ एक हजार ६३ जना छन् । त्यसैगरी कार्यालय सहयोगी (भान्से) तर्फ १६३ जना, हजामतर्फ १०, सिलाईबुनाई तर्फ १०, कुचीकारमा १० र धोबी १० जना माग गरिएको छ ।
हेर्नुस् सूचना