माओवादीका सदस्य आठ लाख नाघे, अब छिट्टै १० लाख पुग्दैछन् : प्रचण्ड

एमालेमा गएका प्रभु साहप्रति प्रचण्डको कटाक्ष : कुकुरको पुच्छर बांगाको बांग्यै


१६ मंसिर २०७८, बिहीबार
Prachanda 2

धनुषा, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका सदस्य संख्या आठ लाख नाघेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो जानकारी गराएका हुन् ।

’माओवादीका सदस्य आठ लाख पुगे, अब छिट्टै १० लाख पुग्दैछन्’, उनले भने, ‘जनताका छोराछोरीको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदैछ ।’

उनले जनयुद्ध छाडेपछिको केही समय माओवादी बिग्रिएको पनि बताए । कार्यकर्ता भन्दा नेताहरु बिग्रिएका कारण जनताको साथ छुटेको बताउँदै उनले अब माओवादी जनताको पहिलो पार्टी हुने पनि बताए ।

एमालेमा गएका प्रभु साहप्रति प्रचण्डको कटाक्ष : कुकुरको पुच्छर बाङ्गाको बाङगै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छाडेका नेता प्रभु साहमाथि फेरि कटाक्ष गरेका छन् । रौतहट जिल्लाबाट आएकालाई बिहीबार पेरिसडाँडामा पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो भनेका हुन् ।

‘पहिले त ओली गुटकै मान्छे थिए, तिनको प्राकृतिक स्वरुप त ओलीकै थियो’, साहप्रति लक्षित गर्दै उनले भने, ‘बीचमा सच्चिँन्छु भनेर माओवादीमै आए । तर कुकुरको पुच्छर बांगाको बाङ्ग्यै भने जस्तै उनी फेरि केपी गुटमै गए ।’ प्रदेश–२ माओवादीका प्रभावशाली नेता साह २०७७ फागुन २३ पछि एमालेमा आएका थिए । उनी एमालेको चौधौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७