एमाले स्थायी कमिटी सदस्यमा परेनन् भीम रावल (सूचीसहित)
काठमाडौं, २६ मंसिर । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेको छ । भक्तपुरमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् ।
अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेका हुन् । प्रस्ताव गरिएको स्थायी कमिटी सदस्यमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, प्रभु शाहलगायतको नाम छ । यसमा असन्तुष्ट पक्षका भीम रावलको नाम भने छैन ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् । तर अध्यक्ष ओलीले भट्टराईको माग सुनुवाइ गरेनन् । बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका थिए । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका थिए ।
हेर्नुस् नामावली
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णुप्रसाद रिमाल
गोकणर् विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभू साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कणर्बहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङ्फे
हिक्मत कार्की