एमालेमा ओलीको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल


२७ मंसिर २०७८, सोमबार
Bhim Rawal 1

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका नेता भीम रावलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी कमिटीमा मनोनयन र नेताहरुको कार्यविभाजनको विषयमा असन्तुष्टि व्यक्त गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् । सोमबार एमाले बैठकले केन्द्रीय सदस्य, पलिटब्यूरो र स्थायी कमिटीमा मनोनयन गरेको थियो ।

रावलले ट्वीट गर्दै भनेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो । यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो । यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टीको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७